पास विना उत्तराखण्डमा गाडी चलाउने राज्यमन्त्रीका छोरा सर्वसाधारणको घेराबन्दीमा « Khabarhub

पास विना उत्तराखण्डमा गाडी चलाउने राज्यमन्त्रीका छोरा सर्वसाधारणको घेराबन्दीमा


१३ जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले भारतमा गत मार्च २४ देखिको लकडाउन जारी छ ।

लकडाउन केही खुकुलो बनाएर सवारी साधन सञ्चालन सहज बनाइए पनि पास अनिवार्य छ । मानिसहरू महामारीबाट जोगिन सामाजिक दूरी कायम गरेर बसिरहेका छन् ।

भारतले सरकारले सामाजिक दूरी पालना गर्न बारम्बार आग्रह गर्दै आएको छ । तर उत्तराखण्ड राज्यका एक राज्यमन्त्रीका छोराले भने पास विना नै सरकारी गाडी चलाएपछि उनी सर्वसाधारणको घेराबन्दीमा परेका छन् ।

भारतीय जनता पार्टी (बीजेपी) सरकारका राज्यमन्त्री विनोद आर्यका छोरा पास विना नै गाडीमा उत्तराखण्ड सरकारको चिह्न लगाएर चमोली जिल्लाको उर्गम घाटी पुगेपछि सर्वसाधारणले उनलाई घेराबन्दी गरेका हुन् ।

लकडाउनमा विना इजाजत गाडी चलाएको भन्दै मन्त्रीका छोरालाई प्रहरीले देवग्रामबाट जोशीमठ पुर्‍याएलगत्तै सरकारी गाडी नियन्त्रणमा लिएर उनीविरूद्ध मुद्दा चलाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : ३९ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६