२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि टोखा क्षेत्र सिल | Khabarhub Khabarhub

२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि टोखा क्षेत्र सिल


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ संक्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै टोखा नगरपालिकाले आरडीटी र पीसीआर विधिबाट स्वाब परीक्षणलाई तीव्रता दिएको थियो ।

टोखाले हालसम्म ८०० भन्दाबढी व्यक्तिको आरडीटी गर्दा १३ व्यक्तिमा रिपोर्ट पोजेटिभ देखिएपछि पीसीआर विधिबाट परीक्षणका लागि उनीहरूलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : ०७ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि