अन्तरिक्षमा 'मानव मिशन' पठाउँदै अमेरिका | Khabarhub Khabarhub

अन्तरिक्षमा ‘मानव मिशन’ पठाउँदै अमेरिका


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीकाबीच अमेरिकाले अन्तरिक्षमा मानव मिशन पठाउने भएको छ ।

२१ जुलाई सन् २०११ पछि पहिलो पटक अमेरिकाले मानव मिशन अन्तरिक्षमा पठाउने तयारी गरेको हो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मिशनको डेट पनि फाइनल गरेको छ ।

२७ मे सन् २०२० को साँझ ४ बजेर ३३ मिनेट जाँदा नासाले दुई अमेरिकी एस्ट्रोनोट्सलाई अमेरिकी धर्तीबाट रकेटमा राखेर आईएसएसमा पठाउने जनाएको छ ।

यो अमेरिकी एस्ट्रोनोट्स मिशनको लागि रोबर्ट बेनकेन र डगलस हर्लेलाई चुनिएको छ । यी दुबै एस्ट्रोनोट्स स्पेसक्राफ्ट ड्र्यागनबाट इन्टरनेशनल स्पेस स्टेशन जानेछ । स्पेस एक्स अमेरिकी उद्योगपति एलन मस्कको कम्पनी हो ।

नासाको रिपोर्टका अनुसार स्पेस एक्स ड्र्यागन स्पेसक्राफ्टलाई फ्लोरिडाबाट लञ्च गरिनेछ ।

नासाले मिशनलाई डेमो २ (Demo-2 Crew Dragon) को नाम दिएको छ । यो भन्दा पहिला नासाले डेमो १ मिशन ड्र्यागन स्पेसक्राफ्टबाट स्पेस स्टेशन गइसकेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १० : १८ बजे

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं – विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति