म्यूजिक भिडियोमार्फत फिलिपिन्समा चीनले चालेको कोरोना कुटनीति प्रत्युत्पादक « Khabarhub

म्यूजिक भिडियोमार्फत फिलिपिन्समा चीनले चालेको कोरोना कुटनीति प्रत्युत्पादक


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संकटबाट गुज्रिरहेको फिलिपिन्सलाई सहानुभूति दर्शाउन चीनले चालेको कुटनीतिक चाल प्रत्युत्पादक भएको छ ।

मनिलास्थित चिनियाँ राजदूतावासले कोरोना भाइरसको महामारीमा पनि फिलिपिन्समा अग्रपंक्तिमा रहेर काम गरिरहेका श्रमिकहरूलाई समर्पण गर्दै सार्वजनिक गरेको म्यूजिक भिडियोले समस्या सृजना गरेको छ ।

२३ अप्रिलमा जारी गरिएको उक्त म्यूजिक भिडियोमा प्रयोग गरिएको शब्द ‘आइसाङ डागत’ (एक समद्री क्षेत्र) लाई अप्रत्यक्षरूपमा दक्षिण चीन सागर भएको उल्लेख गरेपछि फिलिपिनोहरू रिसाएका हुन् ।

फिलिपिन्सका स्थानीयले म्यूजिक भिडियोमा उल्लेखित क्षेत्रलाई पश्चिमी फिलिपिनी सागर मान्दै आएका बेला मनिलास्थित चिनियाँ राजदूत एचई हुवाङ सिलियानले लेखेका शब्दहरुलाई म्यूजिक भिडियो बनाउदा भने दक्षिण चीन सागरसँग जोडिएको छ ।

उक्त म्यूजिक भिडियो बनाउदा चिनियाँ र फिलिपिनो नागरिकलाई प्रस्तुत गरिए पनि जनआक्रोश बढेपछि म्यूजिक भिडियो लाइक गर्ने भन्दा डिसलाइक गर्नेको संख्या कयौं गुणा बढी देखिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १० : ५५ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका