अचम्म ! ठूलो प्लास्टिकको झोला भित्र बसेर बाढीमा वारपार « Khabarhub

अचम्म ! ठूलो प्लास्टिकको झोला भित्र बसेर बाढीमा वारपार


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालका विकट पहाडि जिल्ला तथा हिमाली जिल्लाका कतिपय स्थानमा पुल नहुदाँ मानिसहरु तुइनबा आवातजावात गरेको देख्नु÷सुन्नु भएको होला ।

तुइनमा झुण्डिएर अवातजावत गर्दा मानिसको खसेर मृत्यु हुने जोखिम उच्च हुन्छ । पहाडि वा हिमाली मात्र होइन तराइका पुल नभएका खोलानाला पार गरेर विद्यालय जाने विद्यार्थीलाई बर्षामा निकै चुनौती हुने गरेको छ ।

यहि समस्याको शिकार बनको भियतनामका एक गाउका विद्यार्थीहरु प्लास्टिक भित्र थुनिएर खोला वारपार गर्न बाध्य छन् ।

हरेक बर्षामा उत्तरी भियतनामको हुओई हा गाउँमा स्कुले विद्यार्थीहरु ज्यान जोखिममा पारेर नदी पार गर्दछन् ।

वर्षाको मौसम लागेसंगै खोलामा आउने बाढिका कारण सुख्खा कपडामा विद्यालय पुग्न नसक्ने भएपछि उनिहरुले स्कुल पुग्न प्लास्टिकभित्र पसेर नदी पार गरेका हुन् ।

खतरनाक भएपनि पुल नहुदा विद्यालय जान विकल्पका रुपमा बाढिको बहावमा प्लाष्टिक भित्र पसेर विद्यालय आउने जाने गर्दछन् । तर यस्तोमा पनि प्लाष्टिक सहित नै विद्यार्थी बगाउने वा बन्द प्लाष्टिकमा नै विद्यार्थी बेहोस् भने जोखिम रहदै आएको छ ।

विगत लामो समयदेखि स्थानियले त्यस क्षेत्रमा पुल बनाउन सरकारलाई आग्रह गरीरहेका छन् ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ११ : २४ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,