रातारात कसरी मजदुरको भगवान बने सोनु सुद « Khabarhub

रातारात कसरी मजदुरको भगवान बने सोनु सुद


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सोनु सुद जसले दबंग, सिंबा, अरुणधन्ती, जोधाअकबर, सिंह इज किंग, इन्टरटेन्मेन्टलगायत कैयौं फिल्ममा खलपात्रको भुमिका निभाए ।

रिल जीवनका खलपात्र सोनु रियल जीवनमा भने हिरो बनेर निस्किएका छन् । सोनु सुदको मात्र एक ट्विटले उनलाई रातारात हिरो बनाइदियो ।उनले ट्वीटमा लेखेका थिए, ‘पैदल क्यु जाओगे दोस्तो, नम्बर पठाउ ।’

कोरोनाको महामारीका कारण नेपालझै भारत पनि लकडाउन छ । लकडाउनका कारण मजदूरहरु पैदलघर फर्किने क्रम जारी छ । यसरी हिडेका सबै मजदुरलाई भारत सरकारले सहयोग गर्न नसकेको बेला सोनु सुदले एक ट्वीटका माध्यमबाट आफुले सहयोग गर्ने बताए । गरीब मजदूरलाई मन खोलर मद्दत गर्न सडकमा उत्रिएका छन् ।

सोनू सूद ट्वीटरका माध्यमबाट मजदूरसँग सिधा सम्पर्कमा छन् । कोहि कसैले आफु अप्ठेरोमा परेका बताउने बितिकै उनी मद्दतका गर्न पुगिहाल्छन् । उनको सहयोगका कारण हजारौले घर जाने मौका पाएका छन् ।

उनले सबै प्रवासी मजदुरलाई घर फर्काउने वचन दिएका छन् । उनले अर्काे ट्विटमा लेखेका छन्, ’भाई चक्कर लगाना बन्द करो और रिलेक्स करो, दो दिनों में बिहार में अपने घरका पानी पियोगे, डिटेल भेजो ।’

सोनु सुदको यस कार्यलाई भारतभर स्रहाना गरिएको छ । कतिपय उनका फ्यानले उनको फोटो प्रोफाइल पिक्चर राखेका छन् भने कतिपयले प्रवासी फर्काउने सुषमा स्वराजसंग उनको तुलना गरेका छन् ।

सोनुले प्रवासी मजदूरलाई घर फर्किन मद्दतगर्ने मात्र होइन, कोरोनाको महामारीका कारण ४५ हजारभन्दा बढि कमाइ नभएका मजदुर र गरीबहरुलाई आफ्नो होटलमा खाना समेत खुवााएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  २ : ५६ बजे

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि