रातारात कसरी मजदुरको भगवान बने सोनु सुद « Khabarhub

रातारात कसरी मजदुरको भगवान बने सोनु सुद


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सोनु सुद जसले दबंग, सिंबा, अरुणधन्ती, जोधाअकबर, सिंह इज किंग, इन्टरटेन्मेन्टलगायत कैयौं फिल्ममा खलपात्रको भुमिका निभाए ।

रिल जीवनका खलपात्र सोनु रियल जीवनमा भने हिरो बनेर निस्किएका छन् । सोनु सुदको मात्र एक ट्विटले उनलाई रातारात हिरो बनाइदियो ।उनले ट्वीटमा लेखेका थिए, ‘पैदल क्यु जाओगे दोस्तो, नम्बर पठाउ ।’

कोरोनाको महामारीका कारण नेपालझै भारत पनि लकडाउन छ । लकडाउनका कारण मजदूरहरु पैदलघर फर्किने क्रम जारी छ । यसरी हिडेका सबै मजदुरलाई भारत सरकारले सहयोग गर्न नसकेको बेला सोनु सुदले एक ट्वीटका माध्यमबाट आफुले सहयोग गर्ने बताए । गरीब मजदूरलाई मन खोलर मद्दत गर्न सडकमा उत्रिएका छन् ।

सोनू सूद ट्वीटरका माध्यमबाट मजदूरसँग सिधा सम्पर्कमा छन् । कोहि कसैले आफु अप्ठेरोमा परेका बताउने बितिकै उनी मद्दतका गर्न पुगिहाल्छन् । उनको सहयोगका कारण हजारौले घर जाने मौका पाएका छन् ।

उनले सबै प्रवासी मजदुरलाई घर फर्काउने वचन दिएका छन् । उनले अर्काे ट्विटमा लेखेका छन्, ’भाई चक्कर लगाना बन्द करो और रिलेक्स करो, दो दिनों में बिहार में अपने घरका पानी पियोगे, डिटेल भेजो ।’

सोनु सुदको यस कार्यलाई भारतभर स्रहाना गरिएको छ । कतिपय उनका फ्यानले उनको फोटो प्रोफाइल पिक्चर राखेका छन् भने कतिपयले प्रवासी फर्काउने सुषमा स्वराजसंग उनको तुलना गरेका छन् ।

सोनुले प्रवासी मजदूरलाई घर फर्किन मद्दतगर्ने मात्र होइन, कोरोनाको महामारीका कारण ४५ हजारभन्दा बढि कमाइ नभएका मजदुर र गरीबहरुलाई आफ्नो होटलमा खाना समेत खुवााएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  २ : ५६ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन