कांग्रेसले औंल्यायो रुकुम घटनाका तीन प्रश्न « Khabarhub

कांग्रेसले औंल्यायो रुकुम घटनाका तीन प्रश्न


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले रुकुम पश्चिममा नृशंस हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेको जनाएको छ ।

घटना गम्भीर भएको र यसले केही गम्भीर प्रश्नहरु उब्जाएको भन्दै यो देशलाई नै स्तब्ध बनाएको घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर दोषीलाई कडा कार्वाही गर्न नेपाली कांग्रेस माग गरेको छ ।

घटनाले ३ प्रश्न उब्जाएको भन्दै प्रवक्ता विश्वप्रकाश शर्मा द्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद हो ।’

नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न माग गरेको छ ।

लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना हुँदैनथ्यो भन्दै विज्ञप्तिमा भनिएको छ ‘राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रिय सरकारको धारणा माग गर्दछ ।’

केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत पाएका भन्दै । जातीय विभेदको संकुचित मनोबिज्ञानले निहत्था युवाहरू माथि आक्रमणको कार्य गर्ने जो कोहि हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनत अधिकतम दण्ड दिन कांग्रेसले माग गरेको छ ।

घटनामा जीवन गुमाएका नवराज बिक, टिकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै नेपाली कांग्रेस भेरी नदिमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न नेपाल सरकार समक्ष आग्रह र माग गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ३ : ४७ बजे

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

नयाँदिल्ली– पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी