नेपालमा मंगलबार एकैदिन थपिए ९० जना कोरोना संक्रमित « Khabarhub

नेपालमा मंगलबार एकैदिन थपिए ९० जना कोरोना संक्रमित


१३ जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना संक्रमित थपिएका छन्।

संक्रमितहरुमा रौतहट, जुम्ला, बारासहितका रहेका छन्। रौतहटमा मात्रै २० जना कोरोना संक्रमित थपिएका छन्। सिरहामा चार जना संक्रमित थपिएका छन्।

भेरी अस्पतालमा गरिएको परीक्षणमा एकजना पुरुष संक्रमित भेटिएका छन्। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा सातजनामा कोरोना संक्रमण देखिएको हो।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जा वालिङका दुईजनामा कोरोना संक्रमण पाइएको छ। सुर्खेतमा मात्रै १२ जना संक्रमित भेटिएका छन्। सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका ८ जनामा संक्रमण देखिएको छ। त्यस्तै भेरीगंगा र सिम्काबाट दुई/दुईजना संक्रमित थपिएका छन्।

यस्तै बाँकेको नेपालगञ्जमा पनि सातजना संक्रमित थपिएका छन्। बाँकेको डुढुवाबाट चारजना कोरोना संक्रमित भेटिएका छन्। राप्ती सोनारीमा पनि कोरोना संक्रमित भेटिएका छन्।

दाङको राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पनि थप संक्रमित भेटिएका छन्। कपिलवस्तुको यशोधराका २४ जना संक्रमित भेटिएका छन्। त्यहाँ एक बालिकासहित २४ जनामा कोरोना पुष्टि भएको हो।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ जना पुगेको छ। यसबीचमा १५५ जना संक्रमित पनि उपचार गरेर घर फर्किएका छन्। हालसम्म ४६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ४ : ५० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण