नेपालमा मंगलबार एकैदिन थपिए ९० जना कोरोना संक्रमित « Khabarhub

नेपालमा मंगलबार एकैदिन थपिए ९० जना कोरोना संक्रमित


१३ जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना संक्रमित थपिएका छन्।

संक्रमितहरुमा रौतहट, जुम्ला, बारासहितका रहेका छन्। रौतहटमा मात्रै २० जना कोरोना संक्रमित थपिएका छन्। सिरहामा चार जना संक्रमित थपिएका छन्।

भेरी अस्पतालमा गरिएको परीक्षणमा एकजना पुरुष संक्रमित भेटिएका छन्। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा सातजनामा कोरोना संक्रमण देखिएको हो।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जा वालिङका दुईजनामा कोरोना संक्रमण पाइएको छ। सुर्खेतमा मात्रै १२ जना संक्रमित भेटिएका छन्। सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका ८ जनामा संक्रमण देखिएको छ। त्यस्तै भेरीगंगा र सिम्काबाट दुई/दुईजना संक्रमित थपिएका छन्।

यस्तै बाँकेको नेपालगञ्जमा पनि सातजना संक्रमित थपिएका छन्। बाँकेको डुढुवाबाट चारजना कोरोना संक्रमित भेटिएका छन्। राप्ती सोनारीमा पनि कोरोना संक्रमित भेटिएका छन्।

दाङको राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पनि थप संक्रमित भेटिएका छन्। कपिलवस्तुको यशोधराका २४ जना संक्रमित भेटिएका छन्। त्यहाँ एक बालिकासहित २४ जनामा कोरोना पुष्टि भएको हो।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ जना पुगेको छ। यसबीचमा १५५ जना संक्रमित पनि उपचार गरेर घर फर्किएका छन्। हालसम्म ४६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ४ : ५० बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको