पछिल्लो २४ घण्टामा ३ हजार ७ सय बढीको पीसीआर परीक्षण « Khabarhub

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय बढीको पीसीआर परीक्षण


१३ जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेटमार्फत पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ वटा नमूना परीक्षण गरिएको जानकारी दिएका हुन् ।

सरकारले पीसीआर विधिबाट हालसम्म ५४ हजार ४ सय ४२ वटा नमूना परीक्षण गरेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमतिको संख्या ७ सय ७२ जना पुगेको छ । यस्तै हालसम्म एक सय ५५ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

यस्तै आरडीटी विधिबाट पछिल्लो २ हजार ७ सय ७५ वटा नमूना परीक्षण गरेको छ भने हालसम्म ९७ हजार ९ सय ६७ वटा नमूना परीक्षण गरेको छ । तर आरडीटी विधिबाट गरिएको परीक्षणको नतिजा भने स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ७ : ०७ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल