लिभरपुलले जित्यो प्रिमियर लिग उपाधि « Khabarhub

लिभरपुलले जित्यो प्रिमियर लिग उपाधि


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्ग्लीस प्रिमियर लिगमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गर्दा लिभरपुलले उपाधि उचालेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दा लिभरपुल च्याम्पियन बनेको हो ।

लिगमा ७ खेल बाँकी हुँदा २३ अंकको स्पष्ट अग्रताले लिभरपुललाई उपाधि दिलाएको हो । योसँगै लिभरपुलले पछिल्लो ३० वर्षपछि उपाधि उचाल्दै लिगको बलियो टोलीको रुपमा आफूलाई स्थापित गरेको छ ।

लिभरपुलले यसअघि सन् १९८९–९० को सिजनमा उपाधि हात पारेको थियो । त्यसपछि जितेको पहिलो उपाधि हात पारेपछि लिभरपुलका समर्थकले एनफिल्ड बाहिर र्‍याली निकालेका छन् ।

नोबेल कोरोना भाइस (कोभिड १९) ले गर्दा सार्वजनिक स्थानमा भेला नहुन सरकारको निर्देशन भए पनि पहिलोपटक लिगको उपाधि जितेको लिभरपुलका समर्थक सडकमा उत्रिएर जीतको उत्सव मनाएका हुन् ।

उनीहरुले लिभरपुलको घरेलु मैदानबाहिर क्लबको जर्सिसहित आएर उत्सब मनाएका हुन् । यस्तै, चेल्सी र सिटीको खेल हेरेर बसेका लिभरपुलका गोलकिपर एलिसन, डिफेन्डर भर्जिल भान डिज्क र मिडफिल्डर एलेक्स ओक्सलादे च्याम्बिरलिन लगायतले कोठामै जितको उत्सव मनाएका छन् ।

तस्वीर – गेट्टी इमेज ।

लिभरपुल लिगको १० औं स्थानमा हुँदा क्लबमा प्रवेश गरेका प्रशिक्षक योर्गन क्लोपले यहाँसम्मको यात्रा निकै संघर्षपूर्ण र अविश्वसनीय रहेको बताएका छन् । ‘मसँग कुनै शब्द छैन, यो अविश्वसनीय छ । यो मैले देखेको सम्भावना भन्दा बढी हो,’ उनले भने ।

लिभरपुलमा आएको साढे चारवर्षमा क्लोपले शीर्ष दुई उपाधि दिलाएका छन् । अघिल्लो सिजनमा लिभरपुलले च्याम्पियन्स लिगको उपाधि हात पारेको थियो ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : २५ बजे

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइयो चैती छठ 

काठमाडौं– अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

का‌ठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र