चट्याङबाट ज्यान गुमाएका परिवारलाई एक-एक लाख दिइने « Khabarhub

चट्याङबाट ज्यान गुमाएका परिवारलाई एक-एक लाख दिइने


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई रु एक/एक लाख दिने घोषणा गरेको छ ।

प्रदेश नं २ को भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई प्रदेश नं २ सरकारले रु एक/एक लाख दिने घोषणा गरेको उनले जानकारी दिए ।

चट्याङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको थियो ।

जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ११ : ३४ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको