कंगनाले शेयर गरिन् आलियादेखि साराका पुराना तस्वीर, भनिन् – यी हुन् फिल्म माफिया « Khabarhub

कंगनाले शेयर गरिन् आलियादेखि साराका पुराना तस्वीर, भनिन् – यी हुन् फिल्म माफिया


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा भुइँचालो आएको छ । नातावादका कारण सुशान्तले आत्महत्या गरेको भन्दै चर्को बहस भएको छ ।

नातावाद र परिवारवादको यो मुद्दा अब यत्तिकै रोकिने अवस्थामा नपुग्ने देखिएको छ । दर्शकले लगातार सलमान खान, शाहरुख खान, करण जोहरजस्ता सेलिब्रेटीको विरोध गरिरहेका छन् । बलिउड अभिनेत्री कंगना रनावतले पनि खुलेर विरोध जनाएकी छिन् ।

हालै कंगनाले केही नायिकाहरुका पुराना तस्वीर शेयर गर्दै ‘फिल्म माफिया’ को ट्याग दिएकी छिन् ।

सुशान्तको मृत्यपछि कंगनाले लगातार भिडियो शेयर गरिरहेकी छिन् । उनले भिडियोमार्फत आफ्ना कुरा पनि शेयर गरिरहेकी छिन् ।

कंगनाले ट्वीटरमा स्टारकिड्सका तस्वीर शेयर गरेर ट्वीटरमा हंगामा मच्चाइदिएकी छिन् । उनले बलिउडका स्टारकिड्सको तस्वीर शेयर गर्दै भनेकी छिन् कि, बाहिरी कलाकारलाई कति पश्चाताप हुन्छ ।

उक्त पोस्टमा कंगनाले सारा अली खान, आलिया भट्ट सोनम कपूर र सोनाक्षी सिन्हाका पुराना तस्वीर राखेकी छिन् । उनले भनेकी छिन् – कुनै संघर्ष गर्ने युवतीविना उनीहरु स्टार बनिरहेका छन् ।

तस्वीरका साथ क्याप्सनमा कंगनाले लेखेकी छिन् – केही व्यक्तिहरुले भन्छन् कि, यो बोडी शेमिङ होइन, यही कारण करण जोहरजस्ता फिल्म माफिया दर्शकका लागि एक रियालिटी चेक हुन्छ ।’

अहिलेसम्म कुनै स्टारकिड्सको पनि यसमा प्रतिक्रिया आएको छैन । कंगनाले भने आफ्ना फ्यानलाई थप हिम्मत दिएकी छिन् । उनको खुलेर तारिफ पनि भइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : ०२ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा