सामूहिक तरकारी खेतीमा रमाउँदै महिला « Khabarhub

सामूहिक तरकारी खेतीमा रमाउँदै महिला


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- मनाङ नासो गाउँपालिका–४ ओडार गाउँका महिलाहरु आयआर्जनका लागि सामूहिक तरकारी खेती गर्दै आएका छन् ।

गाउँमा रहेका महिलाहरुको समूह बनाई विगत दुई वर्षदेखि आलु, काउली, बन्दा जस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन् । गाउँमा होमस्टे सञ्चालनसँगै सामूहिक तरकारी खेती गर्दै आएका ती महिलाहरुले उत्पादन गरेका तरकारी आफ्नै गाउँमा खपत हुँदै अएको छ ।

तरकारीको राजा भनिने आलु यस जिल्लाकै प्रमुख बालीका रुपमा लिइन्छ । सोही खेतीले उनीहरुलाई आयआर्जनमा निर्भर बनाउने गरेको छ । उनीहरुले यहाँ आउने पाहुनाको मुख्य रोजाइमा पर्ने हुँदा गाउँको झण्डै १० रोपनी खाली जग्गामा सामूहिक खेती गरेका हुन् । सामूहिक तरकारी खेतीबाट आत्मनिर्भर मात्र नभई आयआर्जनसमेत गरेका समूहकी सदस्य बेलकासी गुरुङले बताए ।

शुरुमा जिल्ला कृषि कार्यालय चामेबाट रु १० हजार अनुदानबाट शुरु भएको यस समूहको सामूहिक तरकारी खेती हाल लाखौँ आम्दानी गर्न सफल उनीहरु खुशी हुँदै उत्पादनमा अझ बढी मिहिनेत गर्ने भएका छन् ।

यहाँ उत्पादन भएका आलु, काउली जिल्लाका ठूल–ठूला होटलदेखि बाहिरी जिल्लाका फाइभ स्टार होटलहरुबाट माग आउने गरेको उनीहरु बताउँछन् । यहाँ उत्पादित आलु काठमाडौँ, पोखरालगायत स्टार होटलहरुमा समेत निर्यात हुन थालेका छन् । यसरी आएको रकम समूहमा जम्मा गरी गाउँको सरसफाइदेखि बाटाघाटा मर्मत गर्ने गरेको समूहकी अर्की सदस्य सूर्यकासी गुरुङले बताउँछिन ।

उनीहरुले आम्दानी भएको रकम समूहमा बचत गरी शुरुआत गरेका गाउँमा नै उदाहरणीय काम गरेका छन् । एक्लै काम गर्न कठिन हुने र समूहमा मिलेर गर्दा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिएको उनीहरुसँग अनुभव रहेको छ । कोरोना भाइरसको सङ्क्रमण नभएको भए पर्यटकले भरिने र आलुको विभिन्न परिकारले लोभिने गरेको उनीहरुको भनाइ छ ।

१० हजार लगानीबाट शुरु गरेका महिला समूहले गाउँको विकासमा समेत टेवा पुर्‍याउँदै आएका समूहकी अध्यक्ष उर्मिला गुरुङले बताइन । महिला सक्रिय भए घरमात्र नभई गाउँको विकासमा समेत टेवा पुग्न सक्ने ओडार गाउँका महिला उदाहरण बनेका छन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ३ : ३४ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले