पहिरोका कारण कालिकोटका १५० घरघुरी जोखिममा « Khabarhub

पहिरोका कारण कालिकोटका १५० घरघुरी जोखिममा


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कालिकोट- कालिकोटको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा रहेका छन् ।

अविरल वर्षापछि बिहीबार राति गएको पहिराका कारणले बस्ती नै जोखिम परेको हो ।

सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी सिंहले बताए ।

‘गाउँको सिरानमा पहिरो आएको छ ।’ उनले भने,‘बस्ती नै जोखिममा परेको कारणले अहिले सबै मानिस त्रसित छन् । पहिरोका कारणले खानेपानीको पाइप पनि भत्किएको छ । बस्तीमा अहिले खानेपानीको समस्या भएको छ ।’

अहिले बस्तीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष दानकला सिंहले बताए ।

‘बस्ती पहिरोको जोखिममा परेको छ’, उनले भने, ‘बस्ती सार्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : २६ बजे

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको