एमसीसी सम्झौता संसदबाटै पारित गर्नुपर्छ : नेता महत « Khabarhub

एमसीसी सम्झौता संसदबाटै पारित गर्नुपर्छ : नेता महत


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौता संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

कांग्रेस महासमिति सदस्य एवं नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको १३ औं दिनको पुण्य तिथिमा आज कांग्रेस जिल्ला समितिले गरेको श्रद्धाञ्जली सभालाई उनले अहिले विवादित बनेको एमसीसी सम्झौता संसदबाटै पारित गर्नुपर्ने बताएका हुन् ।

त्यसैगरी उनले सीमा समस्या वार्ताबाट समाधान गर्न आग्रह गरेका छन् । उनले भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ ।’

गाउँपालिका अध्यक्ष शर्माको सडक दुर्घटनामा परी निधन भएको थियो ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ०४ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले