पोखरा- गण्डकी प्रदेशबाट १७ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् ३३ जना संक्रमितमध्ये कास्की, पर्वत, स्याङ्जा र गोरखाका गरी १७ जना डिस्चार्ज भएका हुन् ।
तीमध्ये ५ जना महिला छन् । अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले शुक्रबार साँझ विज्ञप्ति जारी गरी सोबारे जानकारी दिएका हुन् ।
जसअनुसार कास्कीका १४ जना, पर्वत, स्याङ्जा र गोरखाका १–१ जना छन् । उनीहरु सबैजनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।
कोरोना निको भएर घर जानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले फूल र अविर लगाएर बिदाइ गरे ।संक्रमणमुक्त भएर घर फर्किनेहरूले आफूले आत्मबलले कोरोना जितेको बताएका छन् ।
अस्पतालबाट डिस्चार्ज भएकाहरुको विवरण
प्रतिक्रिया