कोरोनाका कारण दक्षिण अफ्रिकामा एक लाख व्यवसाय बन्द हुने अवस्थामा « Khabarhub

कोरोनाका कारण दक्षिण अफ्रिकामा एक लाख व्यवसाय बन्द हुने अवस्थामा


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोनाभाइरस महामारीका कारण दक्षिण अफ्रिकामा करिब एक लाख उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको अर्थशास्त्रीहरुले जनाएका छन् ।

कोरोना महामारीका कारण साना, मझौला तथा सुक्ष्म खालका गरी करिव एक लाख उद्योग व्यवसायहरू धराशायी अवस्थामा पुगेको उनीहरुले बताएका हुन् ।

दक्षिण अफ्रिकाका वरिष्ठ अर्थशास्त्री दावी रूड्टले महामारीका कारण दक्षिण अफ्रिकाका कम्तीमा २० लाख मानिस बेरोजगार हुने बताएका छन् । उनले कोरोना महामारीले दक्षिण अफ्रिकाको अर्थतन्त्रमा व्यापक प्रभाव परेको जनाएका छन् ।

दक्षिण अफ्रिकी अर्थतन्त्र पहिल्यैदेखि ओरालो लागेको अवस्थामा कोरोना महामारीले थप संकट सिर्जना गरेको उनले बताए ।

दक्षिण अफ्रिकाको साना व्यवसाय विकास विभागले पनि महामारीका कारण दशौँ हजार कम्पनीहरू बन्द हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १० : २३ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज