नौबिसे-मुग्लिन सडक ६ दिनपछि दुईतर्फी सञ्चालन « Khabarhub

नौबिसे-मुग्लिन सडक ६ दिनपछि दुईतर्फी सञ्चालन


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्ड ६ दिनपछि खुलेको छ ।

पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेको हो।

मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड यही साउन ५ गतेदेखि बन्द भएको थियो ।

यसैगरी पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड १६ दिनसम्म पनि खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो ।

सडक खुलाउन अझै समय लाग्ने सडक विभागले जनाएको छ । साँफेबगर-मार्तडी सडकखण्ड पनि १६ दिनदेखि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : २४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित