महिनावारीका बेला प्याड किन्दा ध्यान दिनुपर्ने ५ कुरा « Khabarhub

महिनावारीका बेला प्याड किन्दा ध्यान दिनुपर्ने ५ कुरा


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

महिनावारीका बेला महिलालाई घर बाहिर जानु पर्दा निकै समस्या हुने गर्दछ । त्यसैले कतिपय महिला यस्तो बेला घर बाहिर निस्कन नपरे हुन्थ्यो भन्ने चाहाना राख्दछन् ।

तर कार्यालयको काम, अध्ययन वा अरु कामका लागी बाध्यात्मक अवस्थामा घरबाहिर निस्कनु पर्ने हुन्छ ।

यस्तोमा घरबहिर निस्दा, कतै लामो समय बस्दा वा हिँडडुल गर्दा प्याड परिवर्तन गर्न संभव हुँदैन । त्यसैले महिनावारी भएको बेला घर बाहिर रहँदा यी सावधानी अपनाउनु पर्छ ।

१. ठुलो आकारको प्याड किन्ने
बजारमा हरेक आकारको प्याड पाइन्छ । तर, सकेसम्म महिनावारीका बेला ठुलो अर्थात एक्स्ट्रा लार्ज आकारको प्याड नै प्रयोग गर्नु पर्दछ ।

लामो आकारको प्याडले बढि सोस्नुका साथै बाहिर दाग लाग्न दिदैन ।

२. नियमित प्याड फेर्ने
कतिपय महिला प्याड जोगाउने नाममा एउटै प्याडले दिन कटाउँछन् । तर यो गल्ति नगर्नुहोस् ।

यसो गर्दा तपाईमा इन्फेक्सन खतरा बढ्न जान्छ । महिनावारीको पहिलो र दोस्रो दिन अनिवार्य रुपमा हरेक ३ घन्टामा प्याड फेर्न जरुरी हुन्छ ।

३. गुणस्तरीतामा ध्यान
कतिपय महिला केहि थोरै रकम बचाउन सस्तो र गुणस्तरहिन प्याड किन्ने गर्दछन् । तर यस्ता प्याडले दाग लाग्ने सम्भावना मात्र होइन संक्रमणको जोखिम पनि बढाउँछ । त्यसैले प्याड किन्दा राम्रो र गुणस्तर नै किन्नु पर्दछ ।

४. छाला सुहाउँदो प्याड
हरेक मानिसको छाला फरक फरक हुने भएकाले महिलाले प्याड किन्दा आफ्नो छाला अनुकुल भएको ब्राण्डको मात्र किन्नु पर्दछ । आफुलाई अनुकुल ब्राण्ड पहिचान गरेर नियमित सोहि ब्राण्ड मात्र प्रयोग गर्नुहोस् । यसले छाला चिलाउने समस्या रहदैन ।

५. सफा हुन आवश्यक
महिनावारीका बेला नियमित नुहाउने, सफा सुग्घर हुन आवश्यक छ । महिनावारीको समयमा हुने सानो लापरबाहिले पनि रोग तथा संक्रमणको खतरा बढाउँछ । तसर्थ आफ्नो गोप्य अंगलाई राम्ररी सफा गर्न र नुहाउन आवश्यक हुन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ३२ बजे

लोकप्रियतावादको अग्निमा सत्ताको परीक्षा

लोकप्रियता आर्जन गर्न कठिन अनि त्यसलाई सम्हाल्न अझ गाह्रो हुन्छ

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी

चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु

चितवन– चितवनका ६ वटा पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ– सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ

दशरथ रंगशालामा विस्थापितको भीड: नाम दर्तासँगै बाँच्ने अधिकारको लडाइँ

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरपछि घरबारविहीन