चर्चामा आउन नसकेका कलाकार अमित साध « Khabarhub

चर्चामा आउन नसकेका कलाकार अमित साध


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा यस्ता धेरै कलाकार छन् जो राम्रो अभिनयका वाबजुद सफल हुन सक्दैनन् ।

सानो तिनो काममा समेत अब्बल देखिएका कलाकारहरु चर्चामा रहन सक्दैनन् । बलिउडका यस्तै एक कलाकारको नाम हो, अमित साध ।

अभिनेता अमित साधले बलिउडमा राम्रो काम गरे । शुरुवातबाटै केहि सफल फिल्ममा समेत देखा परे तथापी उनको चर्चा आवश्यकता अनुसार हुन सकेन ।

अमित साधको जन्म सन् १९७९ जुन ५ मा दिल्लीमा भएको थियो । २१ बर्षको उमेरमा केहि बन्ने सपना बोकेर अमित घर छोडी मुम्बई पुगे ।

करियरको शुरुवाती दिनमा उनले टेलिभिजन क्षेत्रमा काम गरे । उनले सन् २००२ मा क्यों होता है प्यार नामक टेलिभिजन सिरियलबाट काम थालेका थिए ।

त्यसपछि उनी आवाज, गन्स एण्ड रोजेज, कोहिनुर र साक्षी जस्ता सफल सिरियलमा काम गरे ।

सन् २०१० मा अमितले बलिउडमा भाग्यको परीक्षण गर्दै हरर फिल्म फुकं २ मार्फत डेब्यु गरे ।

त्यस पश्चात अमितले सुशान्त सिंह राजपुत र राजकुमार राव स्टारर फिल्म काई पो छे मा पनि काम गरे । यस फिल्मलाई धेरैले रुचाए । तथापी उनको कामले भने प्रशंसा पाएन ।

त्यस पश्चात उनले सलमान खानको फिल्म सुल्तानमा आकाश ओभरायको भुमिका निभाए । यस फिल्मले अमितलाई पहिचान दिलायो ।

दर्शकको मन जित्दै उनी एक सफल कलाकार ठहरिए । तर त्यसयता ठुला ब्यानरको फिल्ममा अवसर पाए पनि उनको नेम र फेम भने बन्न सकेन ।

अमितले अमिताभ बच्चनसँग फिल्म सरकार ३, सोनाक्षी सिन्हासंग अकीरा, अक्षय कुमारसंग गोल्ड जस्ता फिल्ममा काम गरे । तर फिल्म सफल भए पनि दर्शक माझ उनको क्रेज बन्न सकेन ।

अमित साधले अहिलेसम्म कैयौं रियलिटी शोमा भाग लिए । बिग बोस, नच बलिए, खतरो के खेलाडी लगायतका शोमा सहभागी भएर पनि उनका फ्यान निकै कम छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ५८ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी