लकडाउन खुले पनि संक्रमित हुनेको संख्यामा खासै अन्तर छैन : स्वास्थ्य मन्त्रालयल « Khabarhub

लकडाउन खुले पनि संक्रमित हुनेको संख्यामा खासै अन्तर छैन : स्वास्थ्य मन्त्रालयल


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले लकडाउनको समय र लकडाउन खुलेपछिको समयावधिमा कोरोना संक्रमितको संख्यामा कुनै अन्तर नभएको दाबी गरेको छ ।

डा गौतमका अनुसार लकडाउनको समयमा साउन २ गते ४ हजार ६८८ जनाको पीसीआर परीक्षण गर्दा १०१ जनामा पोजेटिभ आएको थियो । उक्त दर २.२ प्रतिशत हो ।

यस्तै साउन ३ गते १. ७ प्रतिशत, साउन ४ गते ४. १ प्रतिशत, साउन ५ गते ४.४ प्रतिशत र साउन ६ गते ३.८ प्रतिशतमा कोरोना संक्रमण भएको पाइएको थियो । डा गौतमका अनुसार लकडाउन खुल्नुभन्दा ५ दिनअघिको औषत ३. २ प्रतिशत रहेको थियो ।

यस्तै लकडाउन खुलेपछि साउन ७ गतेदेखि २.६ प्रतिशत, साउन ८ गते, ४.२ प्रतिशत, ९ गते ३.३ प्रतिशत, १० गते २.७ प्रतिशत र ११ गते ३.९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

डा गौतमका अनुसार लकडाउन खुलेको ५ दिनको अवधिमा औषत पोजेटिभ प्रतिशत ३.३ प्रतिशत रहेको छ ।

उक्त तथ्यांकले लकडाउनको समय र लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्यामा खासै अन्तर नआएको डा गौतमले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ४६ बजे

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।