पहिरोले ज्यान गुमाएका परिवारलाई एक लाख सहयोग « Khabarhub

पहिरोले ज्यान गुमाएका परिवारलाई एक लाख सहयोग


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पहिरोबाट ज्यान गुमाएका तनहुँको व्यास नगरपालिका–११ ओडारेका एक परिवारलाई राहतस्वरुप एक लाख प्रदान गरिएको छ ।

तनहुँका संघीय सांसद कृष्णकुमार श्रेष्ठले  एक लाख सहयोग गरेका हुन् । गत असार २९ गतेको पहिरोबाट ज्यान गुमाएका पदम चेपाङका परिवारलाई सांसद श्रेष्ठले सहयोग रकम प्रदान गरेका हुन् ।

उक्त रकम सांसद श्रेष्ठले आज मृतकका श्रीमती फूलमाया चेपाङलाई हस्तान्तरण गरे । जनतालाई दुःख परेको बेला आफू सधैँ जनताको साथमै रहेको बताउँदै सांसद श्रेष्ठले राहत रकमले पीडामा मलम लगाउन सहयोग पुग्ने बताए ।

नेपाल चेपाङ संघ तनहुँका अध्यक्षसमेत रहेका पदमको शव असार ३० गते भेटिएको थियो ।

यसैगरी सांसद श्रेष्ठले ओडारेका ३६ घर चेपाङ परिवारलाई ४० बोरा चामलसमेत उपलब्ध गराएका छन् ।

शनिबार मात्रै सांसद श्रेष्ठले भानु नगरपालिका–९ सिमलगैह्रामा पहिराले पुरिएर निधन भएका दुई जनाको परिवारलाई रु ५० हजार, व्यास नगरपालिका–९ माझफाँट र गजौडेका दुई छुट्टाछुट्टै परिवारलाई रु २५-२५ हजार प्रदान गरेका थिए ।

सांसदमा निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गरेका श्रेष्ठले आफूले प्राप्त गर्ने तलबभत्ता विभिन्न सामाजिक संघ संस्थालाई हस्तान्तरण गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ११ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन