प्राकृतिक उपचारबाटै कोरोना निको हुने दाबी « Khabarhub

प्राकृतिक उपचारबाटै कोरोना निको हुने दाबी



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा २६८ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

नवलपरासीपूर्वको रजहरस्थित कोभिड १९ अस्थायी अस्पताल, सामुदायिक प्राकृतिक चिकित्सालयबाट आइतबारसम्म १६८ जनाले कोरोना जितेर घर फर्किएको अस्पतालका निर्देशक डा.बिनोद पौडेलले बताए ।

आइतबार मात्रै ४७ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । आइतबार ७ महिला र ४० जना पुरुष संक्रमणमुक्त भई घर फर्किएका हुन् ।

प्राकृतिक चिकित्सालयको आइसोलेशनमा रहेका ३०९जना संक्रमित मध्ये एक जना भने जिल्ला बाहिरको रहेकाले अब ४० जना संक्रमित मात्रै बाँकी रहेको जिल्ला स्वास्थ्य प्रमुख केशब चापागाईले जानकारी दिए ।

प्राकृतिक उपचार पद्धतिबाटै निको

प्राकृतिक चिकित्सालयको आइसोलेशनमा राखेका उपचार गरिएका सबैलाई प्राकृतिक उपचारबाटै निको पारिएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित कुनै पनि बिरामीलाई प्राकृतिक उपचारपद्धतिबाहेक अन्य कुनै औषधि प्रयोग नगरिएको अस्पतालका निर्देशक डा.बिनोद पौडेलले बताए ।

संक्रमितहरुलाई हप्ताको सात दिन सात प्रकारका तरकारी, मौसम अनुसारका फलफूल तथा शरीरको प्रतिरोधी क्षमता बढाउनका लागि अंकुरित गेडागुडी, भिजाएको किसमिस, छोहोडा, चना, मुगी, बदाम तथा मह खुवाउने गरिएको डा. पौडेलले बताए ।

बिरामीलाई ज्वरो आएको खण्डमा सिटामोलबाहेक अन्य कुनै औषधि प्रयोग नगरिएको र प्राकृतिक पद्धतिबाटै कोरोना निको पारिएको निर्देशक पौडेलले दाबी गरे ।

रजहरको प्राकृतिक चिकित्सालयमा रहेका कोरोना संक्रमितहरुलाई शारिरीक ब्यायाम गराउनुका साथै जलनीति गर्ने, तातोपानीको बाफ लिने, तातोपानीले नाक सफा गर्ने जस्ता उपचार बाहेक अन्य कुनै औषधि आफूहरुलाई प्रयोग नगरिएको संक्रमणमुक्त भएका युवाहरुले बताए ।

गाईको दूधमा बेसारको प्रयोग

घाँटीमा रहेको भाइरसलाई कम गर्नका लागि गाईको दूधमा बेसार हालेर बिहान बेलुका खान दिने गरिएको डा. पौडेलले बताए ।

डा. पौडेलका अनुसार फापर, कोदोको रोटी, मह र कागति, अस्वगन्ध र गुर्जोको रस र धुलो खुवाउने गरिएको छ ।

साथै संक्रमितहरुलाई योग ध्यान तथा चिकित्सकीय मनोपरामर्श सेवा गर्ने गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए ।

सापकोटाले संक्रमितहरुलाई मनोपरामर्श दिने गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ५६ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा