कांग्रेसद्वारा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण शुरु | Khabarhub Khabarhub

कांग्रेसद्वारा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण शुरु


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि जुम प्रविधिमार्फत प्रशिक्षण कार्यक्रम पुनः आरम्भ गरेको छ ।

वर्तमान परिस्थितिलाई मूल्यांकन गरी प्रशिक्षण हुन बाँकी प्रदेशहरुको कार्यक्रम जुम प्रविधिमार्फत गर्ने निर्णयअनुरुप शनिबार ओखलढुङ्गाका महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा गर्दै प्रतिष्ठान प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधिले काँग्रेसलाई थप सशक्त बनाउन प्रशिक्षणलाई निरन्तरता दिइने बताए ।

पार्टीको सिद्धान्त, नीति र कार्यक्रमलाई सदस्यहरुमाझ पुर्‍याउने र सदस्यहरुमार्फत नागरिक मतदातालाई बुझाउन सके कांग्रेसको भविष्य थप सशक्त हुने उनको भनाइ थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्नुपर्ने, लोकतन्त्रप्रति विश्वस्त गराउनुपर्ने र काँग्रेसलाई भरपर्दो बनाउने प्रशिक्षणको लक्ष्य रहेको बताए ।

कार्यक्रममा ओखलढुङ्गा पार्टी सभापति प्रदीप सुनुवार, संविधानसभा सदस्य रामहरि खतिवडा, पार्टीका तर्फबाट प्रदेशसभा उम्मेदवारहरु मित्रसेन दाहाल र बालकृष्ण दाहालले आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रतिष्ठानका जिल्ला शाखा प्रमुख एवं जिल्ला कार्यसमिति ओखलढुङ्गाका उपसभापति तेजेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठानका सदस्य राजु नेपालले सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रतिष्ठानले यसअघि वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश नं ५ का महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण सम्पन्न गरिसकेको छ । गत चैतमा सम्पन्न गर्ने लक्ष्यका साथ प्रशिक्षण तय भए पनि बन्दाबन्दीका कारण प्रदेश नं १, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशको प्रशिक्षण हुन सकेको थिएन ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : ५८ बजे

प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ

काठमाडौं– नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ