कुवेतबाट नेपाल एयरलाइन्सले अगष्ट २८ र ३१ तारिखमा उडान गर्ने « Khabarhub

कुवेतबाट नेपाल एयरलाइन्सले अगष्ट २८ र ३१ तारिखमा उडान गर्ने



दोहा : कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन कुवेतबाट पछिल्लो चरणमा २ वटा उडान तय भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अगष्ट २८ र ३१ तारिखमा नेपाल एयरलाइन्सले उडान भर्ने जनाएको छ । अगष्ट २३ मा टिकट लिएका यात्रुको स्वदेश फिर्तीका लागि नेपाल एयरलाइन्सले अगष्ट २८ मा उडान भर्ने भएको छ । अगष्ट २८ मा यात्रा गर्नका लागि आफ्नो टिकट र होटल बुकिङ्ग पुनः प्रमाणित गर्न दूतावासले अनुरोध गरेको छ ।

अगष्ट २३ को उडान रद्द भएका कारण त्यस उडानमार्फत नेपाल फर्कने टिकट लिएका यात्रुले आज होटल र आफूसँग भएको टिकट आफ्नो प्रतिनिधिमार्फत पुनः प्रमाणिकरण गर्न समेत दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोके अनुसार नेपालमा पुगेपछि अनिवार्य सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैले तिर्ने प्रतिवद्धतासमेत टिकट खरिद गर्दाको अवस्थामै गर्नुपर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ६ : ४६ बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको