कब्जियत ठीक बनाउने ७ घरेलु उपाय « Khabarhub

कब्जियत ठीक बनाउने ७ घरेलु उपाय


१० भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अहिले धेरै मानिसमा कब्जियतको समस्या देखिने गरेको छ । कब्जियत हुनुले पेटमा गम्भीर समस्या भएको हुनसक्ने संकेत गर्दछ ।

यो रोग सबै उमेरका मानिसमा देखिने गरेको छ । विशेषत कब्जियतबाट वृद्ध उमेरका मानिस बढी पीडित हुने गर्दछन् । यस्तोमा कब्जियत निको पार्न घरेलु उपचार पनि प्रभावकारी हुने गर्दछ । यसका लागी निम्नकुरा पालना गर्नुपर्दछ ।

१. कब्जियतमा सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि भनेको पानी हो । त्यसैले पटक पटक पानी सेवन गर्नुपर्छ । यसका अलावा खाना वा खाजामा पनि झोलयुक्त खाना खानु पर्दछ । प्रशस्त पानी पिएमा कब्जियतबाट मुक्त हुन सकिन्छ ।

२. हामी आजकल खानामा स्वाद हेर्ने गर्दछौ । तर खानाको पोषण शरीरलाई सबैभन्दा महत्वपुर्ण हुने गर्दछ । तसर्थ खानामा लापरबाहि नगरी जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त पौष्टिक खाना खाएमा कब्जियत नियन्त्रणमा आउने गर्दछ ।

३. कब्जियतबाट मुक्त हुन ताजा र स्वच्छ फलफूल तथा सागसब्जीको सेवन गर्नु पर्दछ । ताजा तरकारी र फलफुलमा उच्च पोषण, प्रशस्त फाइबर र तरल पदार्थ पाउने गरीन्छ । यसले हाम्रो पाचन प्रक्रियामा फाइदा पुर्याउँछ । तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियत हुने सम्भावना हुँदैन भने भएको कब्जियत पनि निको हुन्छ ।

४. भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबिजनको नियमित सेवनले कब्जियतलाई जरैबाट निको पार्ने गर्दछ ।

५. भटमासको तेल, तिल, जैतुनको गेडा, सब्जीको रस पनि कब्जियत निको पार्न उत्तम मानिन्छ । यी खाद्य पदार्थमा न्यून मात्रामा चिल्लो पदार्थ हुने भएकाले आन्द्रा चिल्लो बनाई पेटको उकुसमुकुस र डम्म हुनबाट रोक्दछ ।

६. उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै मलद्वार मार्फत निष्कासन गर्ने भएकाले यसको जुसले कब्जियतलाई जरैबाट निको पार्ने गर्दछ ।

७. कतिपय अवस्थामा उमेर र सम्भव भए अनुसार कब्जियत निको पार्न शारीरिक ब्यायाम गर्नु उपयुक्त हुन्छ । शारीरिक व्यायायले आन्द्रामा रहेको स्टुल फाल्ने गर्दछ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ९ : ११ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको