प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको सुरक्षा टोलीका ३ जनामा कोरोना संक्रमण « Khabarhub

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको सुरक्षा टोलीका ३ जनामा कोरोना संक्रमण


१० भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षा स्कर्टिङका तीन जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि गरे ।

मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका मध्ये एक जना प्रहरी हवल्दार र दुई जना प्रहरी जवानमा संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।

उनका अनुसार ती सुरक्षाकर्मीहरू मुख्यमन्त्रीको स्कर्टिङमा खटिदै आएका थिए । मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरूको पिसिआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुने दुई जना नेपाल प्रहरीका र एक जना सशस्त्र प्रहरीका हुन् ।

पाँच दिनअघि पनि इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा संक्रमण देखिएको थियो । उनीहरू सबैलाई बुटवल उपमहानगरले सञ्चालन गरेको एन्फा आइसोलेशनमा पठाएको जनाइएको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  १० : १८ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका