लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क पढाइने « Khabarhub

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क पढाइने


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिने भएको छ ।

पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै यथासक्य चाँडो सम्पर्क गर्न आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘लिदी पहिरोमा अभिभावक गुमाएका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ, नाम नखुलेको साङबहादुर दोङकी छोरीसहित ७ बालिका र जम्वुमा सवै परिवार गुमाएकी छिरिङ गोले गरी ८ जनालाई कक्षा १२ सम्मको शिक्षा, यसै शैक्षिक सत्रबाट पढाउने व्यवस्था गरिएको छ ।’

बालबालिकालाई काठमाडौंको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने पनि उनले उल्लेख गरेका छन् ।

हेर्नुहोस् बस्नेतले जारी गरेको विज्ञप्ति

Image may contain: text

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १ : ५५ बजे

फिफा सिरिज गुमेपछि अन्जिलाको गुनासो : १० वर्षको मिहिनेत खरानी बनाउन १० मिनेट पनि लागेन

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ

विस्केट जात्रा : २६ गतेसम्म रथ बनाइसक्ने

काठमाडौं– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा

कैलालीका किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना