आज थपिए ८८५ कोरोना संक्रमित, कुन जिल्लामा कति ? « Khabarhub

आज थपिए ८८५ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

नेपालमा कोरोना संक्रमितको संख्या ३४,४१८ पुग्यो 


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ।

देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसीयुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा खोटाङका एकजना, झापाका १६ जना, तोह्रथुमका ८ जना, पाँचथरका ४ जना, मोरङका १३ जना र सुनसरीका ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषका ४३ जना, पर्साका एकजना, बाराका २४ जना, महोत्तरीका १८ जना, रौतहटका २० जना, सप्तरीका एकजना, सर्लाहीका १२० जना र सिरहाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २३० जना, काभ्रेका २१, चितवनका ४२ जना, दोलखाका २ जना, धादिङका २ जना, भक्तपुरका २४ जना, मकवानपुरका १८ जना, रामेछापका एकजना, ललितपुरका ४७ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ४ जना, गोरखाका एकजना, नवलपरासी पूर्वका ७ जना, लमजुङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका ४ जना, दाङका १६ जना, नवलपरासीका २ जना, प्युठानका २२ जना, बर्दियाका एकजना, बाँकेका ४ जना, रुपन्देहीका १९ र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका एकजना, दैलेखका एकजना, सल्यानका एकजना, सुर्खेतका ७ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका २ जना, कैलालीका २९ जना, डडेल्धुराका २ जना, डोटीका २ जना र अछामका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप ३८५ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ५०४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

हालसम्म कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १३५६ जना

प्रदेश २ मा ४३१५ जना

वाग्मती प्रदेश ९१९ जना

गण्डकी प्रदेशमा १६५२ जना

प्रदेश ५ मा ४६५१ जना

कर्णाली प्रदेशमा २०१७ जना

सुदूरपश्चिम प्रदेशमा ४५९४ जना

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६४ पुगेको थियो । आज थप ११ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ४ : ५० बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ