राजनीतिक नियुक्तिमा आफ्ना नातेदारले सम्बन्धको दुरूपयोग नगरेको उपप्रधानमन्त्री पोखरेलेको प्रष्टोक्ति « Khabarhub

राजनीतिक नियुक्तिमा आफ्ना नातेदारले सम्बन्धको दुरूपयोग नगरेको उपप्रधानमन्त्री पोखरेलेको प्रष्टोक्ति


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको बताएका छन् ।

पोखरेलको पहुँचका आधारमा सम्धी प्रा.डा. उपेन्द्रकुमार कोइरालाले पटक-पटक नियुक्ति पाएको आरोप लागिरहेका बेला उनले आज विज्ञप्ति जारी गर्दै आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन नगरेको प्रष्ट्याएका हुन् ।

‘भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु’, उनले विज्ञप्तिमा भनेका छन्छ, ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।’

उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध सङ्घर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरंकुश शाही शासनका तिनै मतियारहरूसमेत नयाँ ढङ्गले आफ्नो विरूद्धमा स्वर उरालिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ४ : ५३ बजे

पाँच डिआइजी एआइजीमा बढुवा

काठमाडौँ- मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँच जना

प्रधानमन्त्री प्रचण्ड मंगलबार गोरखा जाने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन्

सेती प्रदेशिक अस्पतालले माग्य कर्मचारी

काठमाडौँ- धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत पाएका

बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौँ- बर्दियामा बाघको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ