लक्षण नभएका संक्रमितलाई १४ दिनपछि परीक्षणविनै डिस्चार्ज गर्न निर्देशन | Khabarhub Khabarhub

लक्षण नभएका संक्रमितलाई १४ दिनपछि परीक्षणविनै डिस्चार्ज गर्न निर्देशन


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमतिलाई १४ दिनपछि कोरोना परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै सामाजिक विकास मन्त्रालय तथा कोरोना विशेष अस्पतालहरुलाई परिपत्र गरेर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न निर्देशन दिएको हो ।

लक्षण बिहीन कोरोना संक्रमितको संक्रमण पुष्टि भएको १० दिन पछि पुनः परीक्षण गरी डिस्चार्ज गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमण भएको १० दिनपछि कोरोना परीक्षण गरि रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

डा गौतमले १० दिनपछि भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएमा १४ दिन पछि पुनः परीक्षण नगरी डिस्चार्ज गर्न समेत सबै कोरोना विशेष अस्पताललाई निर्देशन दिएका छन् ।

उनले १४ दिन भन्दा बढी समय अस्पतालमा राखेमा त्यसको खर्च सरकारले नव्यहोर्ने बताए ।

 

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ५ : २९ बजे

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।