खेलकुद

भार्डी  सन् २०२३ सम्म लेस्टरमै रहने

By खबरहब

August 26, 2020

काठमाडौं – प्रिमियर लिग क्लब लेस्टर सिटीका स्टाइकर जमी भार्डीले दुई वर्षका लागि आफ्नो सम्झौता थप गरेका छन् ।

बुधबार भार्डीले २०२३ सम्मका लागि सम्झौता थप गरेका हुन् ।  ३३ वर्षीय भार्डीले दुई वर्षको समय समय बाँकी रहँदा एक वर्षको सम्झौता थप गरेका हुन् ।

गएको सिजनमा भार्डीले २३ गोल गर्दै प्रिमियर लिगको शीर्ष गोल कर्ता बनेका थिए । सन् २०२ मा लेस्टरमा आवद्ध भएका उनले सन् २०१५ मा क्लबलाई प्रिमियर लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उक्त सिजनमा उनले २४ गोल गरेका थिए ।

भार्डी प्रिमियर लिगमा सय गोल गर्ने २९औं खेलाडीसमेत हुन् । उनले गएको जुनमा उक्त कोसेढुङ्गा पार गरेका हुन् ।