जब जीवनका लागि मनकारीहरू जुरमुराए… « Khabarhub

जब जीवनका लागि मनकारीहरू जुरमुराए…



बुटवल– प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्ली गैराथोकका १३ वर्षीय जीवन पुन गत साउन ३० गतेदेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा छन् ।

उनका दुवै खुट्टाको शल्यक्रिया गर्नुपर्ने छ तर अस्पतालले चार लाख रुपैयाँ लाग्छ भनेपछि जीवनका बाबु कर्णबहादुर पुन बिलखबन्धनमा परे । न उनले छोराको उपचार गराउन सके न अस्पतालबाट निकाल्न नै ।

घरबाट बजार जाने क्रममा भिरको बाटोमा माथिबाट खसेको ढुङ्गाले लागेर जीवन पछारिए । ठूलो ढुङ्गाले उनका दुबै खुट्टा किच्यो । दुवै खुट्टाका हड्डी भाँचिए । बुबा कर्णबहादुरले छोरालाई अस्पताल पु¥याउन ऋण खोजे । गाउँमा ४० हजार रुपैयाँ जुट्यो । त्यही रुपैयाँका भरमा छोरो लिएर भैरहवा पुगेका कर्णबहादुरले थप रकम जुटाउन सकेनन् ।

पैसा नभएका कारण जीवनको उपचार हुन नसकेको र अस्पतालमा छटपटाइरहेको भन्ने समाचार प्रकाशित भएपछि समाजसेवी तथा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्यको समूहले उपचार खर्च जुटाउने भएको छ । आचार्य सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव पनि हुन् ।

आचार्यले जीवनको उपचारमा लाग्ने सबै खर्च आफूहरूको क्लबले जुटाउने बताएका छन् । व्यक्ति र संघसंस्थासँग समन्वय गरेर खर्च जुटाउने उनको भनाइ छ । आचार्यले कर्णबहादुरलाई ‘जीवनको उपचारमा लाग्ने सबै खर्चको हामी व्यवस्था गर्छौं, तपार्इंहरू चिन्ता नलिनुहोस्,’ भनेर ढुक्क बनाएका छन् ।

आचार्यले उपचारको सबै खर्च आफ्नो समूहले जुटाउने प्रतिबद्धता जनाउँदै जीवनको उपचार अघि बढाउन अस्पताललाई आग्रह गरेको बताए । उनले भने, ‘पैसाको अभावमा जीवन भाइको उपचार रोकिएको खबरले हामी भावविह्वल भयौँ । मैले लायन्स सदस्यहरू, अग्रजहरू, यस क्षेत्रका सामाजिक संघसंस्थासंग सम्पर्क गरेँ । सबैले सहयोगको लागि प्रतिबद्धता जनाए ।’

आचार्यको समूहले पहिलो चरणमा जुटेको दुई लाख ७० हजार रुपैयाँ कर्णबहादुरलाई बुधबार हस्तान्तरण गरेको छ । अस्पतालमा लाग्ने सबै खर्च संघसंस्थाको सहकार्यमा जुटाउने आचार्यले बताए ।

जीवनको उपचारार्थ लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस, लायन्स क्लब अफ टुलिप र अन्य संघसंस्थाले आर्थिक सहयोग गरेका छन् ।

आर्थिक सहयोग पाएपछि कर्णबहादुरले खुसी व्यक्त गरे । अस्पतालमा छटपटाएको ४० दिनपछि उनका छोराको उपचार हुन लागेको छ ।

जीवनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनका दुवै खुट्टाको हड्डी भाँचिएर छियाछिया भएको छ, शल्यक्रियाको विकल्प छैन । जीवनलाई सुरुमा आइसियुमा राख्नु परेको र सामान्य सुधार भएपछि वार्डमा सारिएको अस्पतालका प्रशासन प्रमुख तेजकुमार केसीले बताए ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार बुधबारै शल्यक्रिया गर्ने तयारी गरेको भए पनि रगतमा हेमोग्लोबिन कम देखिएकोले रगत चढाइएको छ । सहज भए बिहीबार शल्यक्रिया हुनेछ ।

जीवनको उपचारमा डा. प्रकृतिराज कँडेल र डा. किशोरमान श्रेष्ठ सहितको चिकित्सक टोली संलग्न छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ५६ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको