श्रीलंकाले भन्यो : हमबनटोटा बन्दरगाह चीनलाई ९९ वर्षसम्म लिजमा दिनु गल्ती « Khabarhub

श्रीलंकाले भन्यो : हमबनटोटा बन्दरगाह चीनलाई ९९ वर्षसम्म लिजमा दिनु गल्ती


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलंकाले चीनलाई हमबनटोटा बन्दरगाह ९९ वर्ष सम्मको लागि लिजमा दिनु ‘गल्ती’ भएको जनाएको छ ।

श्रीलंकाली विदेश सचिव जयनाथ कोलमबागेले चीनसँग हमबनटोटा बन्दरगाह ९९ वर्ष सम्मको लागि लिजमा दिने भएको सम्झौतालाई ‘गल्ती’ भनेका हुन् ।

श्रीलंकाली टीभी च्यानलसँगको कुराकानीमा कोलमबागेले चीनसँगको सम्झौतालाई गल्ती भनेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

उनको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ । सन् २०१७ मा श्रीलंकाले उक्त बन्दरगाह चीनलाई लिजमा दिएको थियो ।

उक्त कदमपछि श्रीलंकाभित्र कतिपयले आलोचना गर्दै देशलाई ऋणमा डुबाइएको तर्क गरेका थिए । श्रीलंकाको सामरिक महत्वको दक्षिण बन्दरगाह लिजमा दिएपछि छिमेकी भारत पनि असन्तुष्ट भएको थियो ।

टेलिभिजन कुराकानीमा विदेश सचिव कोलमबागेले विदेश नीतिमा भारत प्रथम रहेको बताएका छन् ।

उनले श्रीलंकाले न्युट्रल विदेश नीति अंगिकार गर्ने तर भारत प्रथमको नीतिलाई रणनीतिक र सुरक्षाका कारणले अगाडि बढाउने बताए ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ९ : ४४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।