श्रीलंकाले भन्यो : हमबनटोटा बन्दरगाह चीनलाई ९९ वर्षसम्म लिजमा दिनु गल्ती | Khabarhub Khabarhub

श्रीलंकाले भन्यो : हमबनटोटा बन्दरगाह चीनलाई ९९ वर्षसम्म लिजमा दिनु गल्ती


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलंकाले चीनलाई हमबनटोटा बन्दरगाह ९९ वर्ष सम्मको लागि लिजमा दिनु ‘गल्ती’ भएको जनाएको छ ।

श्रीलंकाली विदेश सचिव जयनाथ कोलमबागेले चीनसँग हमबनटोटा बन्दरगाह ९९ वर्ष सम्मको लागि लिजमा दिने भएको सम्झौतालाई ‘गल्ती’ भनेका हुन् ।

श्रीलंकाली टीभी च्यानलसँगको कुराकानीमा कोलमबागेले चीनसँगको सम्झौतालाई गल्ती भनेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

उनको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ । सन् २०१७ मा श्रीलंकाले उक्त बन्दरगाह चीनलाई लिजमा दिएको थियो ।

उक्त कदमपछि श्रीलंकाभित्र कतिपयले आलोचना गर्दै देशलाई ऋणमा डुबाइएको तर्क गरेका थिए । श्रीलंकाको सामरिक महत्वको दक्षिण बन्दरगाह लिजमा दिएपछि छिमेकी भारत पनि असन्तुष्ट भएको थियो ।

टेलिभिजन कुराकानीमा विदेश सचिव कोलमबागेले विदेश नीतिमा भारत प्रथम रहेको बताएका छन् ।

उनले श्रीलंकाले न्युट्रल विदेश नीति अंगिकार गर्ने तर भारत प्रथमको नीतिलाई रणनीतिक र सुरक्षाका कारणले अगाडि बढाउने बताए ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ९ : ४४ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा