४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण « Khabarhub

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धीविक्रम शाहका अनुसार हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको छ ।

आक्रमणमा परेर गम्भीर घाइते भएका महेशको वीरगञ्जस्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ। उनको अवस्था गम्भीर छ ।

शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए ।

प्रजित र सोनालाल दाजुभाइ हुन् । घटनामा संलग्नहरु अन्य ३ जनाको खोजी भइरहेको प्रहरी उपरिक्षक शाहले बताएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ११ : १६ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका