बाढीले डुब्यो रुपन्देही « Khabarhub

बाढीले डुब्यो रुपन्देही


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- शुक्रबार रातिको भीषण वर्षाले रुपन्देहीमा आएको बाढीले विभिन्न स्थानमा क्षति पुराएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खड्काले दिएको जानकारी अनुसार तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत जिल्लाका विभिन्न स्थानमा बस्तीहरू डुबानमा परेका छन् । केही घर बाढीले बगाएको छ ।

तिलोत्तमा नगरपाललिका-११ मा बाढीले तीन वटा घर बगाएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-१३, बडउलियामा एउटा घर भत्किएको छ । घर भत्किँदा एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

देवदह नगरपालिका-१० रम्बादेवीटोल स्थितमा चरङ्गे खोलाको बाढीले एउटा घर बगाएको छ । प्रहरीका अनुसार वर्षाले मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा पनि क्षति पुर्‍याएको छ ।

जिल्लाका अधिकांश बस्तीहरू डुबेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १ : १९ बजे

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत