विहारको निर्वाचन तीन चरणमा हुने « Khabarhub

विहारको निर्वाचन तीन चरणमा हुने


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विहार- भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ । मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसबाट सृजित महामारी चलिरहेकै बेला हुन लागेको भारतको यो सवैभन्दा ठूलो निर्वाचन मानिएको छ । तीनै चरणका निर्वाचनको मतगणना भने नोभेम्बर १० तारिखका दिन गर्ने तालिका बनाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

अहिले घोषणा गरिएको निर्वाचनबाट भारतको विहार राज्य सभाका लागि २४३ जना सदस्य निर्वाचित हुनेछन् ।निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल अरोराले मतदानको दिन विहान ७ बजेदेखि मतदान शुरु गरिने जानकारी दिए।

कोरोनाबाट र विद्रोही समूहहरुबाट बढी प्रभावित क्षेत्रहरुमा भने केही समय थपघट गर्न सकिने पनि उनले स्पष्ट पारे । कोरोनाभाइरसको महामारीले विश्वका धेरै देशलाई प्रभावित पारेको र धेरै देशका निर्वाचन हुन नसकिरहेका बेलामा बिहारमा निर्वाचन हुन लागेको हो ।

विहारमा गर्न लागिएको निर्वाचनका लागि कोरोनाभाइरस फैलिन नदिनका लागि विषेश स्वास्थ्य सतर्कतासहितको मापदण्डहरु तय गरिएको आयोगले जनाएको छ । पहिलो चरण अन्तर्गत अक्टोबर २८ तारिखका दिन हुने मतदानमा ७१ पदका लागि निर्वाचन हुनेछ भने नोभेम्बर ३ तारिखका दिन हुने दोस्रो चरणको निर्वाचनबाट ९४ जना निर्वाचित हुनेछन् ।

त्यसैगरी नोभेम्बर ७ तारिखका दिन हुने मतदानबाट अरु ७८ जना विधान सभा सदस्यहरु चयन हुनेछन् ।

आयोगका अनुसार निर्वाचनका लागि सात लाख सेनिटाइजर, ४६ लाख मास्क, छ लाख पिपिइ, छ लाख ७० हजार अनुहार ढाक्ने र २३ लाख जोडी हाते पञ्जाको व्यवस्था गरिएको छ ।

यी सामग्रीहरुको प्रयोग बाहेक सामाजिक दुरी कामय गर्ने, भिडभाड गर्न नहुनेलगायतका नियमलाई पनि कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  २ : २० बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ