धरहरा पुनःनिर्माणको काम ४३ प्रतिशत सकियो « Khabarhub

धरहरा पुनःनिर्माणको काम ४३ प्रतिशत सकियो


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऐतिहासिक धरहरा पुनःनिर्माणको काम पनि तीव्ररूपमा भइरहेको छ । हालसम्म ४२ दशमलव पाँच प्रतिशत काम सकिएको छ ।

निर्माणको कामअन्तर्गत अहिले १५ तलाको काम भइरहेको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका भए पनि पछिल्लो समय कारोना भाइरसका कारण कहिले निर्माण सामग्री त कहीले कामदारको समेत अभाव भएपछि निर्माणको काम तोकिएको समयभन्दा पर धकेलिएपछि समय थप गर्न लागिएको छ ।

सम्पदाविज्ञ मानन्धरका अनुसार निर्माण कम्पनीले दुई वर्षको लागि समय माग गरेको छ । तर कति थप्ने भन्ने विषय छलफल भइरहेकाले एकिन भएको छैन । कम्पनीको माग र आवश्यकता अनुरुप समय थप गरिने जनाइएको छ ।

दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । निर्माणको लागि जम्मा तीन अर्ब ४८ करोड लाग्ने जनाईएको छ ।

११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । निर्माधिन धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भईरहेको छ ।

त्यसैगरी काष्ठमण्डप पुनःनिर्माणको काम पनि तोकिएको समयमा नै सक्ने गरी धमाधम काम भइरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले केही समय काम रोकिएको भए पनि अहिले निर्माणको कामले गति लिएको जानकारी दिए ।

काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्ने जनाईको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  २ : ४० बजे

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत

आज २०८२ साल चैत १९ गते बिहीबारको राशिफल 

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो