एभर्टनको अपराजित यात्रामा पूर्णविराम « Khabarhub

एभर्टनको अपराजित यात्रामा पूर्णविराम


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको एभर्टनको  अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित एभर्टन साउथह्याम्पटनसँग २-० गोल अन्तरले पराजित भएसँगै अपराजित यात्रा पनि टुंगिएको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड र चे एडम्सले एक एक गोल गरे ।

घरेलु मैदानमा खेलको २७औं मिनेटमा जेम्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३५औं मिनेटमा एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई दिलाएको २-० अग्रता नै निर्णायक बन्यो ।

खेलको ७२औं मिनेटमा लुकास डिग्नीले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा समेटिएको थियो ।

एभर्टनले सुरुवातको चार खेलमा लगातार जित निकालेको थियो । जितसँगै साउथह्याम्पटनले ६ खेलमा १० अंक जोडेको छ । साउथह्याम्पटन पाँचौं स्थानमा समेत उक्लिएको छ ।

साउथह्याम्पटनसँग पराजित भए पनि एभर्टन शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : ०५ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना पक्राउ, चार मदिरा पसल सिल

रुपन्देही – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु

इरान- अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक