गण्डकी प्रदेशमा कोरोनाले ४ को मृत्यु, पोखरामा १०१ संक्रमित थपिए « Khabarhub

गण्डकी प्रदेशमा कोरोनाले ४ को मृत्यु, पोखरामा १०१ संक्रमित थपिए


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ ।

पछिल्लो विवरण अनुसार थप थप ४ जनाले ज्यान गुमाएसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिका–५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको हो । मृतकमा गत ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा अन्य दीर्घ रोगको समस्या पनि जनाइएको छ ।अहिले उनको शब व्यबस्थापनको तयारी भइरहेको छ ।

यस्तै, अर्का मृतक नवलपुरको गैंडाकोट–५ का रहेका छन् । ७३ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति चितवन मेडिकल कलेज, चितवनमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । गत ५ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अर्का मृतक पनि नवलपुरकै रहेका छन् । कावासोती–२ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल, नवलपुरमा उपचारका क्रममा निधन भएको छ । गत ३ गते उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय कोरोना संक्रमित महिलाको गए राति ११ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको छ । ८ गते उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । मृतकहरुको शव व्यवस्थापनको तयारी भै रहेको छ ।

निर्देशनालयको विज्ञप्ती अनुसार पोखरामा मात्रै १०१ संक्रमित थपिएका छन् ।

ट्राफिक कार्यालयका १३ र वडा कार्यालयका बगरका ३१ प्रहरी सहित १०१ जना संक्रमित थपिएका हुन् । संक्रमित सबै कन्ट्याक्ट् ट्रेसिङबाट पहिचान भएका हुन् । पछिल्लो विवरण अनुसार गण्डकीमा संक्रमितको कुल संख्या ६७११ छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ११ : १५ बजे

आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति

काठमाडौं – नायिका रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किने भएकी

नेमकिपाको घोषणा पत्र : ठूला भ्रष्टाचारीलाई ज्यान सजायको कानुनी व्यवस्थाका लागि संघर्ष गर्ने

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि

काठमाडौंका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौं– काठमाडौंका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८

कुलमानको घोषणापत्रमा स्वास्थ्य : मनोसामाजिक परामर्शदेखि हाडजोर्नी सेवा बिस्तारसम्म 

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि

रविको ‘नागरिक करार’ : ‘गफ होइन काम, भाषण होइन परिणाम’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आइतबार फेसबुकमार्फत्