आफ्नै परिवारमा सीमित रहेर दशैँ मनाऔँ– मुख्यमन्त्री शाही | Khabarhub Khabarhub

आफ्नै परिवारमा सीमित रहेर दशैँ मनाऔँ– मुख्यमन्त्री शाही


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी आ–आफ्नो परिवारमा सीमित रहेर दशैँ मनाउन अपिल गरेका छन् ।

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसपटक कोभिड–१९ को महामारीलाई जितेपछि आगामी वर्ष चाडपर्वहरु उल्लासमय रूपमा मनाउन सकिने हुँदा स्वास्थ्य सजगता अपनाउन आग्रह गरे ।

मुख्यमन्त्री शाहीले कोभिड–१९ ले निम्त्याएको चुनौतीलाई नयाँ अवसरका रूपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरूको उल्लेख्य विकास गरेको बताए ।

“आवश्यक सङ्ख्यामा प्रदेश र जिल्ला अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू शय्या क्षमताको विस्तार, प्रयोगशालाको स्थापना, नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टिन व्यवस्थापनलगायतका कामहरु भएका छन्”, शुभकामना सन्देशमा भनिएको छ, “नागरिकको जीवन रक्षाजस्तो संवेदनशील विषयबाट सरकार पन्छिन मिल्दैन भन्ने मान्यताका साथ लक्षणसहितका कोभिड सङ्क्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेश सरकारले गरेको छ ।”

उनले नयाँ चुनौतीका रूपमा खडा भएको कोरोना सङ्कटले विकास र समृद्धिको दीर्घकालीन लक्ष्यमा केही अवरोध उत्पन्न गरेको भए पनि बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरूप प्राप्त सङ्घीय व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न योजनाबद्ध रूपमा प्रदेश सरकार अगाडि बढिरहेको बताए ।

“सङ्घीयताको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमीलगायतका समस्याहरुसँग लड्दै समृद्ध कर्णाली प्रदेश र समृद्ध नेपाल निर्माणका लागि प्रदेश सरकार दृढ छ”, जारी शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ११ : ४६ बजे

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (मंगलबार)देखि

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ