सन्दीपले भने :  म टाढा भए पनि मन नेपालमै छ  | Khabarhub Khabarhub

सन्दीपले भने :  म टाढा भए पनि मन नेपालमै छ 


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले विजया दशमीको शुभकामना दिएका छन् । सामाजिक संजाल ट्वीटरमार्फत उनले शुभकामना दिएका हुन् ।

उनी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने क्रममा युएईमा छन् । दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले अहिलेसम्म १ खेल पनि खेल्न पाएका छैनन् ।

दिल्लीले ११ खेल खेलिसकेको छ । सन्दीप यसअघि दुई पटक दिल्लीबाट खेलिरहेका छन् । यसपालि उनले एक खेल पनि खेल्न पाउने हुन् कि हैनन् भन्ने आशंका छ ।

आईपीएलको ११ औं संस्करण खेल्न पाएपछि सन्दीपको फ्रेन्चाइज टी–२० क्रिकेटको यात्रा विश्वमै निकै अगाडि बढेको छ ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्, ‘हिन्दुहरुको महान् चाड शुभ बिजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ! सुरक्षित र स्वास्थ्य रहनुहोस् ! सम्पूर्णमा मेरो माया। टाढा भएपनि मन भने नेपालमै छ। शुभ दशैं।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  १२ : ०१ बजे

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित