नवौं राष्ट्रिय खेलकुद समयमै हुनेमा आशंका | Khabarhub Khabarhub

नवौं राष्ट्रिय खेलकुद समयमै हुनेमा आशंका



काठमाडौँ – २०७६ सालको वैशाखमा बृहत राष्ट्रिय खेलकुद नेपालगञ्जमा सम्पन्न भएसँगै नवौं आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले पाएको थियो ।

अवस्था सामान्य रहेको भए अहिले नवौंका लागि खेलाडी छनोट सुरु भइसकेको हुन्थ्यो । खेल माहोल सुरु भइसकेको हुन्थ्यो । पोखरामा खेलकुदका संरचनाहरु सिगारि रहेका हुन्थे । तर, समय ठिक उल्टो भइदियो, विश्व नै नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीको चपेटामा पर्यो । नेपाली पनि प्रभावित मूलुकको ३७ औँ स्थानमा छ ।

कोरोना महामारीकै कारण फागुण अन्तिमदेखि सार्वजनिक सभा सम्मेलनहरु नगर्न सरकारले निर्देशन जारी गर्यो । खेल गतिविधि सञ्चालन गर्न सरकारले अनुमति नदिँदा खेलकुदका सबै गतिविधि बन्द भए । खेलाडी मैदान उत्रन नपाएको महिनौं भयो । उनीहरु आफु मैदान उत्रिने दिन कुरेर बसेका छन् ।

सरकारले छठपछि खेलगतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । तर, त्यसको कार्यन्वयन हुन सकेको छैन । छठसकिएको पनि हप्ता दिन पुग्न थाल्यो । युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक रुपमा कुनै पत्र जारी गर्न सकेको छैन ।

आर्थिक रुपमा सबल संघहरुले आन्तरिक रुपमा खेलाडीलाई अभ्यासमा बोलाए पनि अन्य संघहरुले त्यो गर्न सकेका छैनन् ।

यस्तैमा फागुनमा हुने तय भएको नवौं वृहत राष्ट्रिय खेलकुद पनि समयमा हुनेमा आशंका गर्न थालिएको छ । यसअघि राखेप सदस्य सचिव रमेश कुमार सिलवालले मंसिर महिनाभित्र खेलाडीलाई अभ्यासमा बोलाउन सके राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न सकिने बताएका थिए ।

तर, आज मंसिरको ११ गते भइसक्दा पनि यस विषयमा राखेपले कुनै धारणा सार्वजनिक गर्न सकेको छैन । यस्तै हो भने फागुनमा प्रतियोगिता हुने कठिन छ ।

राखेपमात्रै होइन युवा तथा खेलकुद मन्त्रालयले समेत यस विषयमा केही बोलेको छैन् ।

राखेपका बोर्ड सदस्य तथा तत्कालिन पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ

राखेपका बोर्ड सदस्य तथा तत्कालिन पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ यस्तो परिस्थितिमा राष्ट्रिय खेलकुद गर्न नहुने तर्क गर्छन् ।

‘खेलाडीहरु लामो समयदेखि घरमा बसिरहेका् । उनीहरुलाई मैदानमा अभ्यासका लागि उर्तान सकएिको छैन । यस्तो अवस्थामा राष्ट्रिय खेलकुद आयोजना गर्दा राम्रो सन्देश जाँदैन,’ उनले थपे, ‘सरकारले ठूलो भेला नगर्न भनेको अवस्थामा नेपाली खेलकसदको कुम्भ मेला आयोजना गर्दा सरकारी नियमको उल्लघन गरेको जस्तो हुन्छ ।’

त्यतिमात्रै होइन खेलाडीका लागि पनि यसरी प्रतियोगिता गर्न उचित नभएको उनको दाबी छ । प्रतियोगिता गर्नकैलागि मात्रै हुने उनको भनाइ छ । ‘खेलाडीले अभ्यास गर्न पाएकै छैनन् । भने उनीहरुलाई सोझै प्रतियोगितामा उतार्दा कस्तो खेल हेर्न पाइएला र ?’ उनले प्रश्न गरे ।

उनले भने, ‘त्यसैले गर्दा हामीले यो फागुनमा प्रतियोगिता हुँदैन भनिरहेका छौं । पूर्वाधारका कारण होइन तर, कोभिड १९ का कारण फागुन मा यो प्रतियोगिता गर्न सकिँदैन ।’

यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ भने सरकारले चाहेको खण्डमा सजगताका साथ बृहत राष्ट्रिय खेलकुद गराउन सक्ने विचार राख्छन् ।

श्रेष्ठले भने, ‘राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्न सकिन्छ । ओलम्पिक छनोट हुन सक्छ भने खेलकुद पनि माहोल बनाएर लाग्ने हो गर्न सकिन्छ । जिल्लाबाट आउने खेलाडी धेरै हुँदैन अहिलेको अवस्थामा पनि आउन सक्छ । धेरै जमघट हुने ठाउँ राष्ट्रिय खेलकुद हो । त्यसमा मिलेर काम गरे प्रतियोगिता गर्न सकिन्छ ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ

नेतृत्वकर्ताको कार्यशैली माथि पनि प्रश्न उठ्ने उनी बताउँछन् । सामान्य अवस्थामा सबैले प्रतियोगिता गरिरहेका हुन्छन् । तर, यस्तो विषम परिस्थितिमा पनि प्रतियोगिता आयोजना गर्न सक्दा राम्रो हुने उनी बताउँछन् ।

‘अहिले मन्त्रालयल शीर्ष स्थानमा छ । उसले नै प्रावधान बनाएर राष्ट्रिय खेलकुदका लागि बाटो खुला गर्न पर्छ । नेतृत्वका लागि यो समय राम्रो हो । परिस्थिति अनुकुल नरहँदा पनि प्रतियोगिता गराउँदा कालान्तरमा मान्छेहरुले यो कामको प्रशंसा गरिरहनेछन्,’ अध्यक्ष श्रेष्ठले भने ।

राखेप बोर्ड सदस्य सम्पन्न श्रेष्ठ भने अहिलेदेखि अभ्यास सुरु गरेर अबको ६ महिना वा १ वर्षमा प्रतियोगिता गर्ने गरि तयारी थाल्नु पर्ने बताउँछन् ।

उनले भने, ‘अहिले प्रतियोगिता होइन, अभ्यास सुरु गरौं । ६ महिना वा १ वर्ष पनि प्रतियोगिता गर्दा प्रतिस्पपर्धात्मक हुन सक्छ । खेलाडीलाई विना तयारी मैदान उर्तादा समस्या हुन सक्छ । फागुनमा जबरजस्ती गर्नु हुन्न ।’

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  २ : ३० बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई