बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, बेपत्ता तीन जनाको खोजी जारी « Khabarhub

बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, बेपत्ता तीन जनाको खोजी जारी


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खसेको छ ।

प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना- ४ बाट विहान साढे ५ बजेतिर त्रिशुली  नदीमा खसेको हो ।

दुर्घटनामा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाका अनुसार भ्यानमा चालकसहित चार जना सवार थिए । एक जना भने पौडिएर बाँच्न सफल भएका छन् ।

भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन् । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

बेपत्ता हुनेहरुमा रोक्काका बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का, उनकी श्रीमती वर्ष ३३ की जमुना रोक्का र भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षका सूर्य के.सी. रहेका छन् । उनीहरूको खोजी जारी रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ९ : २४ बजे

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,