ठूली एकादशीमा सिन्धुलीको दुधौली नगरपालिकामा सार्वजनिक बिदा « Khabarhub

ठूली एकादशीमा सिन्धुलीको दुधौली नगरपालिकामा सार्वजनिक बिदा


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- दुधौली नगरपालिकाले ठूली एकादशीमा सार्वजनिक बिदा दिएको छ ।

दुधौली नगरपालिकामा बसोबास गर्ने दनुवार समुदायले धुमधामका साथ एकादशी पर्व मनाउने भएकाले नगरपालिकाले स्थानीय बिदा दिएको हो ।

नगरपालिकामा ठूलो सङ्ख्यामा बसोबास गर्ने दनुवार समुदायले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरेकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिए ।

जिल्लाका दनुवार समुदायले विगत केही वर्षदेखि बरकी एकादशी पर्व खुल्ला कार्यक्रमको आयोजना गरी भव्यरूपमा मनाउँदै आए पनि यस वर्ष कोभिड–१९ का कारण आ–आफ्नो घरमा सुरक्षित तरिकाले मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीले जनाएको छ ।

यस वर्षको एकादशी पर्वको कार्यक्रम घरमै सीमित रहेर मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीका अध्यक्ष नारायण अधिकारी दनुवारले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १० : ११ बजे

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,