उद्योग वाणिज्य महासंघको साधारणसभा आज सुरू हुँदै « Khabarhub

उद्योग वाणिज्य महासंघको साधारणसभा आज सुरू हुँदै


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आज सुरू हुँदैछ। ​

काठमाडौँमा हुने साधारणसभाको बिहान ११ बजे प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।

गत चैतमै हुनुपर्ने साधारण सभा कोरोना भाइरसको महामारीले स्थगित भएको थियो । यो साधारणसभाले महासंघको नयाँ नेतृत्व पनि चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुनेछ ।

काठमाडौँको प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ ।

जिल्ला र नगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन्।

मंसिर १२ गते भर्चुअल रूपमा नै बन्दसत्र संचालन हुने र १३ गते बिहान ८ बजे मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार छन् ।

दुवै उम्मेदवारले आफूले जित्ने दाबी गरेका छन् । साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन्। विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १० : २१ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा