अपडेट : त्रिशूलीमा भ्यान खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला « Khabarhub

अपडेट : त्रिशूलीमा भ्यान खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- त्रिशुली नदीमा पिकअप भ्यान खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला परेको छ ।

नदीमा खसेको भ्यान भित्रबाटै दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षीय सूर्य के.सी र ३३ वर्षीया जमुना रोक्काको शव पानीभित्र रहेको जीपबाट निकालिएको शसस्त्र प्रहरीका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी मुराली बस्नेतले जानकारी दिए ।

१५ वर्षीया विरामी जिनिसा रोक्का भने अझै बेपत्ता छिन् । उनको खोजी जारी रहेको एसपी बस्नेतले बताए ।

प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना- ४ बाट विहान साढे ५ बजेतिर त्रिशुली  नदीमा खसेको थियो ।

उक्त दुर्घटनामा एक जना भने पौडिएर बाँच्न सफल भएका छन् । भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन् । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पूरानो मेडिकलकलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १० : ३७ बजे

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,