नेपाल–भारत परराष्ट्रसचिवको बैठक : द्विपक्षीय सहयोगका क्षेत्रलाई अघि बढाउन सहमत « Khabarhub

नेपाल–भारत परराष्ट्रसचिवको बैठक : द्विपक्षीय सहयोगका क्षेत्रलाई अघि बढाउन सहमत


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको छ ।

बिहीबार काठमाडौंको एक होटलमा भएको बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका थिए।

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श भएको थियो । भेटमा द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका थिए ।

बैठकपछि श्रृंगलाले उक्त बैठक फलदायी र उपयोगी आदानप्रदान भएको बताए ।

सहयोगका क्षेत्रहरू अगाडि बढाउन विभिन्न चरणहरूमा छलफल भएको र यसअघि गरिएका प्रतिबद्धतामा राम्रो प्रगति भएको उनले जानकारी दिए ।

उनले विदेश सचिव भरतराज पौड्याललाई निम्ताएको र आतिथ्यका लागि धन्यवाद पनि दिएका छन् ।

त्यसअघि परराष्ट्रसचिवद्वयबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि सचिव श्रृङ्गला बिहीबार काठमाडौँ आएका हुन् । उनको शुक्रबार गोरखा पुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

दुईदिने भ्रमण सकेर उनी शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ३ : ३८ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार