प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्धिको सपना पूरा हुने छ : राज्यमन्त्री मानन्धर « Khabarhub

प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्धिको सपना पूरा हुने छ : राज्यमन्त्री मानन्धर


११ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताएका छन ।

फोकस नेपालले आज आयोजना गरेको ‘कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका’ विषयको अन्तक्र्रियामा राज्यमन्त्री मानन्धरले जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएको प्रतिबद्धतानुसार वर्तमान सरकारले काम गर्ने विश्वास दिलाएका छन ।

सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने ठोकुवा उनले गरे ।

राज्यमन्त्री मानन्धरल प्रजातन्त्र स्थापनापछिको ७० वर्षे कालखण्डमा पहिलो पटक सबैभन्दा शक्तीशाली सरकार बनेको बताउँदै प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन नसक्ने बताए ।

जनताले वश्विास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिवद्धता अनुसार वर्तमान सरकारले काम गर्ने बताए । जनताले पाँच वर्षका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनाउने अभिमत दिएको बताउँदै मन्त्री मानन्धरले जनमतको अवमुल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ६ : ३७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ